Comments Add Comment

Advertisment

SKIP THIS

गुराँस लाईफ इन्स्योरेन्सद्वारा वीमीत रकम हस्तान्तरण

६ साउन , काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराले २१ लाख दुई हजार रुपैयाँको चेक रकम वीमीत हस्तान्तरण गरेको छ ।

कम्पनीको क्षेत्रीय कार्यालय पोखरामा २०७८ साल भदौ ३० गते २० लाख बिमाङ्कको जीवन बिमा गरेका पर्वत माहाशिला गाउँपालिका वडा नम्बर १ घर भई हाल पोखरा महानगरपालिका पोखरा १५ बस्ने राजु गुरुङ भन्ने यमप्रसाद गुरुङको उपचारका क्रममा असामयिक निधन भएपछि उनकी श्रीमती मोतिमाया गुरुङलाई शुक्रबार वीमीत रकम हस्तान्तरण गरिएको हो ।

कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्यामप्रसाद तिमिलसिनाले सयुक्त रुपमा मातिमायालाई चेक हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै क्षेत्रीय प्रमुख हरि शर्मा पौडेलले एक बत्तीले लाख बत्ती बाले जस्तै हरेक घरमा अभिकर्ताले जीबन बीमाको दियो बाल्नुपर्ने बताए ।

कार्यक्रममा बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्यामप्रसाद तिमिल्सेनाले जीबन बीमाले ब्यक्ति नै फिर्ता ल्याउन नसकेपनि उसको आम्दानीलाई बचाइराख्न जीबन बीमामा लगानी गर्नुपर्ने कुरामा जोड दिए ।

उक्त कार्यक्रममा कम्पनीका बरिस्ठ मार्केटिङ अधिकृत प्रकाश रेग्मी, अन्डरराईटिङ्ग बिभागमा कार्यरत यमुना श्रेष्ठ, देबेन्द्र अधिकारी, त्यसैगरी सिनियर एजेन्सी मेनेजर कृष्णबहादुर भट्टराई, सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई, एजेन्सी मेनेजर बिनिता सुबेदी भण्डारी, एजेन्सी मेनेजर सुरेन्द्र मोहन अधिकारी, एजेन्सी मेनेजर गणेश कुमार श्रेष्ठ, साथै अभिकर्ता गौमती गुरुङ, अभिकर्ता शान्ता खाँणलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै