Comments Add Comment

स्नातक भइने यो मौसममा धेरै स्नातक उत्तीर्ण विद्यार्थीद्वारा अनलाइनबाट कामको खोजी

६ साउन , काठमाडौं । चीनका विश्वविद्यालयबाट स्नातक उत्तीर्ण भएका विद्यार्थीहरूकालागि ग्रीष्ममा काम खोज्ने मुख्य मौसम आएको छ। कोभिड-१९ महामारीको प्रभावमा यी विद्यार्थीहरूको काम खोज्ने बाटोमा कठिनाइ भए तापनि अरू मौकाहरू पाएका छन्। स्नातकपछि काम खोज्न मद्दत गर्न चाइना मिडिया ग्रूप तथा चिनियाँ राज्य परिषद् अन्तर्गत राष्ट्रिय पूँजी निगरानी र व्यवस्थापन समिति एवम् चीनको राष्ट्रिय लगानी र जन शक्ति सेवा कम्पनीले संयुक्त रूपमा एउटा “राष्ट्रिय रोजगार”नामक गतिविधि चालेर अनलाइनमार्फत् स्नातक उत्तीर्ण भएका विद्यार्थीहरूलाई काम खोज्ने मञ्च प्रदान गरेको छ।

यस वर्ष चीनमा लगभग एक करोड स्नातकले रोजगारी खोज्दै छन्। उनीहरूलाई सहयोग गर्न चीनका विभिन्न विभागले धेरै प्रयास गरिरहेका छन्।“राष्ट्रिय रोजगार”गतिविधि यी मध्येको एक हो। सन् २०२० मा महामारी शुरू भएदेखि चाइना मिडिया ग्रूपले यस रोजगारी चौतारोको स्थापना गरी स्नातकलाई अनलाइनमा आफ्नो व्यक्तिगत विवरण राख्ने र अन्तर्वार्ताको मौका प्रदान गरिरहेको छ। जुनको अन्तसम्ममा तीन सिजनका“राष्ट्रिय रोजगार”गतिविधिबाट जम्मा ३० लाख ५० हजार जनालाई रोजगार उपलब्ध गराइसकेको छ। अहिले ३० हजार बढी व्यवसायीले यस चौतारोबाट स्नातक उत्तीर्ण विद्यार्थी भर्ती गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै