Comments Add Comment

Advertisment

SKIP THIS

९ करोड यस त्रासदीको अन्त्य होइन

६ साउन , काठमाडौं । ९ करोड, यो नै अमेरिकामा कोभिड-१९ महामारीजन्य संख्याको फेरि अर्को दुखद थ्रेसहोल्ड हो।

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कका अनुसार, पैचिङ समयको जुलाइ २१ तारिख छ बजेर २१ मिनेटसम्म अमेरिकामा कोभिड-१९ महामारीका कारण प्रभावितको संख्या ९ करोड १३ हजार ४ सय पुगेको छ भने मृत्युको संख्या १० लाख २५ हजार ६ सय पुगेको छ ती सबै विश्वको शीर्ष स्थानमा बसेका छन्।

९ करोड भनेको के हो भने औसत प्रति ३.६ जनतामध्ये १ जनालाई कोभिड-१९ लागेको छ। तर वास्तविक अवस्था अझै नराम्रो होला। धेरै अमेरिकी विशेषज्ञ र मिडियाले उल्लेख गरेका छन् कि हाल धेरै अमेरिकीले घरमा आफैँ परिक्षण लिन्छन् वा परिक्षण पनि गर्दैनन् त्यसैले समस्त अमेरिकामा संक्रमितको संख्या धेरै कम अनुमान भएको हुनसक्छ।

अमेरिका सुपरपावर मुलुक हो तर विश्वमा महामारी नियन्त्रण गर्ने सबभन्दा विफल मुलुक बनेको छ। जसबाट अमेरिकी राजनीतिक प्रणाली र देश प्रशासनको विफल भएको देखिएको छ साथै जनताको जीवनमाथि अमेरिकाका राजनीतिज्ञले राजनीतिक स्वार्थलाई माथि राख्ने प्रकृति पनि प्रतिबिम्बित भएको छ।

गत फेब्रुअरीमा अमेरिकाले महामारी नियन्त्रण नीतिलाई खुकुलो बनाएको थियो, त्यसपछि सार्वजनिक स्वास्थ्य विशेषज्ञले चेतावनी दिँदै महामारी नियन्त्रण नीतिलाई छिटै खुकुलो बनाउनु गलत भएको दोहोर्याएका थिए। तर अमेरिकी राजनीतिज्ञले मानवअधिकारको झण्डा लिएर त्यसलाई बेवास्ता गरे।

हाल अमेरिकी मध्यावधि चुनाव नजिकिँदैछ भने दुई पार्टीबीचको द्वन्द्व झनै चर्किएको छ। विभिन्न आन्तरिक समस्याको सामना गर्न हम्मे हम्मे परिरहेका बेला कसरी महामारीमा ध्यान दिन सकिन्छ? त्यसैले ९ करोड प्रभावित नै यस अमेरिकी त्रासदीको अन्त्य होइन।

अमेरिकी विशेषज्ञ र मिडियाको अनुमानअनुसार, आगामी केही महिनामा अमेरिका समक्ष अझ गम्भीर चुनौती देखिनेछ। अमेरिका राष्ट्रिय एलर्जी र संक्रामक रोग संस्थानका प्रमुख आन्टोनी फौचले धेरै पकट चेतावनी दिनुभएको छ कि अमेरिकामा महामारी अन्त्य भएको छैन भने अर्को चरणको महामारीको तीव्रता आगामी शरद ऋतुमा आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै