Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी रामदत्त जोशीद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण तथा निर्देशन

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको स्थलगत अवलोकन, निरीक्षण गर्नुभएको छ ।                                                                                                     

प्रहरी नायव महानिरीक्षक जोशीले जिल्ला प्रहरी कार्यालयहरुमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी, मेश, ब्यारेक, बिभिन्न शाखाहरु लगायतको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाह र प्रभावकारीताका बिषयमा निर्देशन गर्नुभएको छ ।

निर्देशनका क्रममा प्रहरी नायव महानिरीक्षक जोशीले जनतालाई अप्ठ्यारो पर्ने कुनै निश्चित समय नभएकोले प्रहरी कर्मचारी २४ घण्टा परिचालन हुनुपर्ने बताउँदै जनसेवामा प्रहरीले व्यवसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीले प्रहरी कर्मचारीहरु अनुशासनमा रही जिम्मेवारीका साथ कार्य सम्पादन गरेमा अपराध अनुसन्धान, सुरक्षा लगायतका प्रहरी कार्यमा सफलता मिल्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेतले जिल्लाको सम्पूर्ण प्रहरी परिचालन, प्रहरी गतिविधि र शान्ति सुरक्षाका विषयमा प्रस्तुतिकरण गर्नुभयो ।                                         

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै