Comments Add Comment

Advertisment

SKIP THIS

गायक सन्तु थापाको तीज लक्षित ‘साँच्चै राम्री छु र !’ सार्वजनिक

७ साउन , काठमाडौँ । गायक सन्तु थापाको ‘साँच्चै राम्री छु र’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक तीज लक्षित गीतमा गायिका टीका पुन र गायक थापाको स्वर सुन्न सकिन्छ ।

खेम सेन्चुरीको संगीत, नेत्र अर्यालको शब्द, नवराज उप्रेतीले छायांकन रहेको यो गीतमा नवीन लामा, सन्तोष गुरुङ, पुनम श्रेष्ठ, सदीक्षा थापालगायतको अभिनय रहेको छ । सन्तोष गुरुङको निर्देशनमा तयार गीतको म्युजिक भिडियोलाई पदम सुवेदीले संपादन तथा मिलन विश्वकर्माले कलरिङ गरेका हुन् ।

नेपाली मौलिक संस्कृति, टिपिकल नेपाली गीत संगीतलाई विशेष प्राथमिकता दिने गरेका गायक थापाले त्यसकै निरन्तरता स्वरुप ‘साँच्चै राम्री छु र’ बोलको गीत बजारमा ल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै