Comments Add Comment

Advertisment

SKIP THIS

राजधानीमा मौलाउँदै जुवा अखडा, यसरी ‘खरानी’ बनाउँछन् भोटे र भुवनले

९ साउन , काठमाडौँ । नेपालका क्यासिनोहरुमा नेपालीलाई प्रबेश निषेध छ । केही नेपाली जुवा खेल्न कै लागी भारतको सिक्किम र गोवासम्म पुग्छन् । केही भने राजधानीका विभिन्न ठाउँमा क्यासिनो कै शैलीमा सञ्चालित जुवा अखडाबाट ‘टाट’ पल्टिँदै आएका छन् ।

यस्ता जुवा अखडामा केही गिरोहले योजनाबद्ध रुपमा जुवाडेलाई हराउँदै आएका छन् । दुईवर्ष अगाडी कालिमाटी प्रहरीले बरामद गरेको चिप्स प्रयोग भएका रिमोटबाट चल्ने जस्तै तास प्रयोग गरेर जुवा खेलाइने गरेको छ । उक्त गिरोहले यस्तै किसिमका तास र कौडाको प्रयोग गरेर जुवा खेल्ने र खेलाउने नाममा सर्वसाधारणले लुट्दै आएका छन् ।

जुवाडे गिरोहको यो लुट शैलीलाई उनीहरुको भाषामा खरानी पार्ने भन्दै आएको पाइएको छ । यसरी सर्वसाधारणलाई खरानी बनाउने समूहमा अहिले नविन भुजेल जसलाई जुवाडेहरु बीच नविन भोटेको नामले कुख्यात छन् । अर्का हुन् भोटेका पार्टनर भुवन श्रेष्ठ ।

यी दुईले नेपाल प्रहरीका केही भ्रष्ट अधिकारीको मिलोमतोमा काठमाडौंको पेप्सीकोला, बालाजु क्षेत्र र भक्तपुरमा जुवा अखडा सञ्चालन गर्दै आएका छन् ।

प्रहरीका सुचना संकलन गर्न खटिएका विभिन्न युनिटका सादा पोशाकका प्रहरीले उनीहरुसँग मोटो रकम लिएर जुवा सञ्चालनमा सहयोग पुर्याउने गरेको स्रोतको दाबी छ । कमजोर कानुनका कारण यस्ता जुवा अखडाहरु मौलाउँदै गएको प्रहरीको बुझाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै