Comments Add Comment

गायक शिव परियारले आफु पढेको विधालयमा ७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

९ साउन , काठमाडौँ । गायक शिव परियारले “शिव परियार गरिब तथा जेहेन्दार छात्रबृति” यो बर्ष पनि निरन्तरता दिएका छन् । उनले २०७८ सालबाट सुरु गरेको “गरिब तथा जेहेन्दार छात्रबृति“ यो बर्ष ७ जना विद्यार्थीहरुलाई रु. ७ हजारका दरले दिएका हुन् । कक्षा ११ को परिक्षामा सर्वाधिक अंक ल्याउँने १ जना विद्यार्थीका साथै महिला ,मधेसी, उत्पिडित तथा जनजाती विद्यार्थीहरुको शैक्षिक मनोबल बढाउने उद्देश्यले प्रोत्साहन स्वरुप छात्रबृति प्रदान गरिएको हो ।

छात्रावृति पाउने विद्यार्थीहरुमा शुसिला कुमारी तत्मा, अरुण पासवान, समिक्षा कुमारी चौधरि, कुमार पुलामि मगर, शिवजी मुखिया विन, ललिता कुमारि साह, गान्धि महतो रहेका छन । शिव परियार ’गरिब तथा जेहन्दार छात्रबृति २०७९’ श्री सरस्वति माध्यमिक विद्यालय हजरिया सर्लाहीमा आयोजित सम्मान तथा पंखा वितरण समारोहकावीच बरहथवा नगरपालिकाका वडा न.२ का अध्यक्ष चेत बाहदुर राउतको हात बाट हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै