Comments Add Comment

Advertisment

SKIP THIS

फाइनल पुग्ने दाउमा इंग्ल्यान्ड र स्विडेन

१० साउन , काठमाडौं । महिला युरोपियन च्याम्पियनसिपको पहिलो सेमिफाइनमा मंगलबार घरेलु टोली इंग्ल्यान्ड र स्विडेन प्रतिस्पर्धा गर्दैछन् ।

इंग्ल्यान्डको सेफिल्डमा हुने खेल नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुनेछ । स्विडेनबिरुद्द मैदान उत्रदै गर्दा घरेलु टोली इंग्ल्यान्ड तेस्रो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ । प्रतियोगिताको दाबेदार मानिएको घरेलु टोली इंग्ल्यान्ड यसअघि दुई पटक फाइनल प्रवेश गरे पनि उपाधि भने जित्न सकेको छैन ।

यता, स्विडेन भने सन् १९८४ को विजेता टोली हो । विश्व वरीयताको दोस्रो स्थानको स्विडेनले बेल्जियमविरुद्ध इन्जुरी समयमा गोल गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । इंग्ल्यान्ड र स्विडेन अहिलेसम्म २६ पटक आमनेसामने भएका छन् । यसक्रममा इंग्ल्यान्डले मात्र तीन खेल जितेको छ भने स्विडेनले १५ खेल जितेको छ ।

युरोपियन च्याम्पियनसिपमा इंग्ल्यान्ड र स्विडेनको यो सातौँ भेट हो । सातमध्ये ६ खेल स्विडेनले जितेको छ भने एक खेल इङल्यान्डले जितेको छ । स्विडेनले सन् १९८४ मा इंग्ल्यान्डलाई नै हराएर युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । स्विडेनले महिला युरोपियन च्याम्पियनसिपको उपाधि जितेको त्यो नै एक पटक मात्र थियो ।

त्यसयता स्विडेन सन् १९८७,१९९५ र २००१ मा फाइनल प्रवेश गरे पनि उपाधि भने जित्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै