११ साउन , काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय द्वारा मिति २०७९।०४।०९ गते बाट विभिन्न प्रकारका सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरिएको छ । उक्त अभियान निरन्तर संचालन गरिने ।

साथै स्कुल बस चेकजाँच गर्ने अभियान अन्तर्गत चेकजाँचको क्रममा गोगंबु चोक स्थित नयाँबसपार्कमा सिट क्षमता भन्दा बढी विद्यार्थि बोकेको बा २ क ८२५७ नं.को स्कुल बसले बढी विद्यार्थि बोकेको पाईएकोले नियमानुसार कारवाही गरिएको छ ।








