Comments Add Comment

Advertisment

SKIP THIS

श्रीलंकामा हुने भनिएको एसिया एसिया कप क्रिकेट यूएईमा हुने

१२ साउन , काठमाडौं । श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो ।

टी-२० फर्म्याटमा आयोजना हुने एसिया कप निर्धारित समय (अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म) मै हुने एसीसीले जनाएको छ ।

एसिया कपमा साबिक विजेता भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानले सहभागी जनाउनेछन् । यस्तै, छनोट प्रतियोगिताबाट १ राष्ट्र गरी ६ टिम सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै