१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले १ नं. प्रदेश अन्तर्गत रहेका बिशिष्ट ब्यक्तिहरुको सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । 
डिआईजी गिरिले बिशिष्ट ब्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीले बिशिष्ट ब्यक्ति उपर आई पर्न सक्ने सम्भावित खतराको मुल्याङकन गरी सुरक्षामा दत्त चित्त भई आफुले पाएको जिम्मेवारी बहन गर्नु पर्ने, VIP सुरक्षाको निमित्त दिएको तालिम, ज्ञान, सिपको अक्षरस पालना गरी ब्यवसायीक हुनु पर्ने, शारिरिक तथा मानसिक रुपमा चूस्त दुरुस्त हुनु पर्ने तथा बिशिष्ट ब्यक्तिको भ्रमण अवधि अथवा अन्य कामको शिलशिलामा थप सुरक्षा आवश्यक परेमा तत्काल जानकारी गराई सुरक्षा ब्यवस्था मिलाउन निर्देशन दिनु भएको छ । 
निर्देशनकै क्रममा डिआईजी गिरिले VIP को सुरक्षाको लागी जस्तो सुकै चुनौती र परिस्थितको सामना गर्नु परेता पनि सुरक्षाकर्मी हर प्रहर तैनाथ रहनु पर्ने बताउनु भएको छ । 






