Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध ब्राउन सुगर सहित पक्राउ

१५ साउन , काठमाडौ । बर्दिया, मधुवन नगरपालिका-८ कुसुम्बाघाट जंगलबाट करिब ३ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धूलो पदार्थ र नगद १३ हजार ३ सय रूपैयाँ सहित सोही नगरपालिका-८ गाउँ नम्बर ६ बस्ने २६ वर्षीय दोर्णराज गुरूङ लगायत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय ढोढरी र ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ, नगद र उनीहरूले प्रयोग गरेको भे।११ प १३६२ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment