२५ मंसिर काठमाडौ । प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जिल्ला प्रहरी कार्यालय मकवानपुर सम्हाले संगै लागुऔषध नियन्त्रण, जिल्लाको शान्ति शुरक्षा,लागूऔषध दुव्र्यसनी तथा ओसारपसार तथा कारोवार नियन्त्रण र न्यूनीकरण मकवानपुर प्रहरीको प्राथमिकता रहने गुरुङले बताए ।
जिल्ला मकवनापुर राक्सिराङ गाउँपालिका-३ कठारी स्थित भित्री सडक खण्डमा लागुऔषध गाँजा ओसारपसार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीलाई देखी बोरा बोकी हिडेका अज्ञात दुई जना ब्यक्तिले बोरा फालि भागेका हून ।

उक्त दुई वटा बोरा खोलि चेकजाँच गर्दा लागुऔषध गाँजा ४५ किलो फेला परेको हुँदा उक्त गाँजा नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही अगाडी बढाईएको र पहिचान नखुलेका फरार ब्यक्तिहरुको खोजतलाश कार्य भईरहेको ।
शनिबार ६ ग्राम ४८० मिलिग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जना नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेकप्वाईन्ट स्थितमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले चेकजाच गर्ने क्रममा बिरगंज तर्फबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ५ ख ४८०२ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडी बस्ने ५२ वर्षिय नारायण खड्कालाई शंका लागी चेकजाच गर्दा निजले लुकाईछिपाई ल्याएको लागुऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम २८० मिलिग्राम फेला परेको हुनाले निजलाई उक्त लागुऔषध जस्तो देखिने पदार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर-११ सहिद स्मारक गेट नजिक शंकास्पद रुपमा हिंडिरहेको जिल्ला चितवन राप्ती नगरपालिका वडा नम्बर ७ निवासी ३५ वर्षिय अर्जुन अधिकारीलाई चेकजाँच गर्दा निजको साथबाट लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम २०० मिलिग्राम फेला परेको हुँदा निजलाई उक्त लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता नायब उपरीक्षक प्रहरी जयश्वर रिमालले जनाएको छ।




