Comments Add Comment

Advertisment

SKIP THIS

तेह्रथुममा छोराको कुटपिटबाट घाइते भएका बाबुको मृत्यु

१७ साउन , काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका-५ ठकुरी टोलका ५३ वर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । मङ्गलवार बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ वर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुस्लीले बुबालाई टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।

घाइतेलाई उपचारको लागी छथर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनामा संलग्न छोरा टंक भण्डारी तत्काल फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै