१७ साउन , काठमाडौं । मकवानपुर र बर्दियाबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ सोल्टी चोक बस्ने २५ वर्षीय अमित तामाङलाई नियन्त्रित लागूऔषध वनरेक्स ४८ बोतल सहित सोमबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी पदमपोखरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–८ सितलाबजार खल्ला खेतबाट करिब ५ सय ५० मिलिग्राम ब्राउनसुगरसहित मधुवन नगरपालिका–५ बस्ने २६ वर्षीय किरण वंशी मगर लगायत ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।


