Comments Add Comment

Advertisment

SKIP THIS

डीआईजी सुदिप गिरीद्वारा बढुवा भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान

१७ साउन , काठमाडौं । एक नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदिप गिरीले बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको आइतबारको पत्रादेशानुसार प्रहरी हवल्दारबाट प्रहरी बरिष्ठ हवल्दार र प्रहरी जवान पदवाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई एक कार्यक्रमकाबीच डीआईजी गिरीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

बढुवा भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिंदै बढुवासँगै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ आफ्नो पदिय दायित्व निर्वाह गर्न समेत निर्देशन दिए ।

सुशोभन कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै