काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा अन्तर्गतमा रहेका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत पदोन्नति भएको प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । 
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा मंगलबार आयोजित कार्यक्रमकाबीच पदोन्नती भएका प्रहरी कर्मचारीहरुलाई कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक मीरा चौधरीले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । प्रहरी नायव महानिरिक्षक मीरा चौधरीले पदोन्नति भएका प्रहरी कर्मचारीहरूलाई बधाई दिँदै पदोन्नति सँगै थपिएको जिम्मेवारी पुरा गर्न पूर्ण व्यवसायिक भई इमान्दारिताका साथ कार्यक्षेत्रमा कृयाशिल रहनुपर्ने बताउनुभयो । 
साथै डिआईजी चौधरीले थपिएको नयाँ दर्जामा पदोन्नति हुनुभएकोमा गर्वबोध गर्दै आगामी दिनमा संगठनको गरिमा उच्च पार्न थप क्रियाशिल, जिम्मेवार र समर्पित भई सेवा गर्नहुन निर्देशन दिनुभयो । दर्ज्यानी चिन्ह शुसोभन कार्यक्रममा प्रहरी नायव महानिरिक्षक तथा अन्य ट्राफिक प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।



