Comments Add Comment

Advertisment

SKIP THIS

मन्त्रिपरिषद बैठक दिउँसो १ बजे बस्दै , मंसिर ४ गते निर्वाचनको मिति घोषणा गर्ने तयारी

१९ साउन , काठमाडौं । सरकारले संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते तोक्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले निर्वाचनको मिति घोषणा गर्न लागेको हो । मन्त्रिपरिषद बैठक दिउँसो १ बजे बस्दैछ ।

‘आजको बैठक नियमित हो । त्यो बैठकको मुख्य एजेण्डा निर्वाचनको मिति घोषणा हो’ एक मन्त्रीले भने, ‘मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्ने सहमति गठबन्धनमा भएकाछ । त्यहीँ अनुसार निर्णय हुन्छ ।’ बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गरेको थियो ।

गठबन्धनको बैठक शुक्रबार बोलाइएको छ । भोली शुक्रबार बस्ने बैठकमा आगामी निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल हुने बताइएको छ । बैठक शुक्रबार बिहान ९ बजे बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै