Comments Add Comment

Advertisment

SKIP THIS

भेलछडा–सिलगढी खानेपानी आयोजनामा हुँदै आएको अवरोध हट्यो

१९ साउन , काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने डोटीको भेलछडा, काडामाडौँ, गैरागाउँ तथा सिलगढी खानेपानी आयोजना निर्माणमा वर्षौँदेखि हुँदै आएको अवरोध खुला गरिदिएका छन् । उक्त आयोजना निर्माणका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले निकुञ्जमा समस्या हुने भ न्दै खानेपानी निर्माणकार्यमा विमति जनाउँदै आएको थियो ।

भेलछडाको पानी सिलगढी ल्याउन निकुञ्जले विमति जनाएपछि त्यहाँका नागरिक खानेपानी नपाउने भन्दै निरास भएका थिए । मन्त्री यादवले यही साउन १८ गते मन्त्रिस्तरीय निर्णयबाट स्थानीय उपभोक्तालाई सहजरूपमा खानेपानी उपलब्ध गराउन, खानेपानीको व्यावसायिक प्रयोजन नगर्ने शर्तमा हाल स्वीकृत गरेको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

साथै उनले डिपिआर संरचनामा थप गर्न नपाउने गरी विभागले तोकिदिएको उपयुक्त विधिअनुसार आयोजना सञ्चालन तथा मर्मत गर्ने निर्णय पनि गरेका छन् । यसैगरी मन्त्री यादवले खप्तड राष्ट्रिय निकुञ्जको नियमावली, २०४४ को नियम ३४ बमोजिम उक्त खानेपानी आयोजनाको सहमति उपलब्ध गराउनुपर्ने निर्णय पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै