Comments Add Comment

Advertisment

SKIP THIS

मिस ग्रान्ड २०२२ को प्रतिस्पर्धामा झापाकी चली : जित हासिलका लागि भाेटिङ सुरु

आर.के इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपाल मार्फत वर्षेनि देशको प्रतिनिधित्व गराउँदै विभिन्न देशका फरक फरक टाइटल मार्फत आफ्नो देशलाई चिनाउन आफ्ना प्रतिष्पर्धीहरु तयार पार्दै आएको छ ।

यसैक्रममा मिस ग्रान्ड नेपाल २०२२ को उपाधीको लागि यतिबेला झापा बिर्तामोडकी छोरी १६ वर्षीय रोजिका सिटौला कडा प्रतिष्पर्धामा उत्रिएकी छिन।                                               

यतिबेला मिस ग्रान्ड २०२२ को विजेताको लागि भोटिङ राउन्ड खुला भैइसकेको छ । सयौं बाट छानिएर उत्कृष्ट १६ भित्र पर्न सफल कन्टेस्टेन्टहरु उपाधिको लागि भिड्दै छन । सिटौला भने मिस ग्रान्ड २०२२ को ट्रफी उचाल्ने भन्दै यतिबेला झापाबाट काठमाडौं आएर निकै कडा मेहनत गरिरहेकी छिन । तर उनलाई ट्रफी जित्नको लागि मेहनत गरेर मात्र पनि नहुने भएको छ । सिटौलालाई धेरै भन्दा धेरै भोटको आवश्यक पर्ने भएको छ । उमेरले सानै भए पनि हरेक क्रियाकलापमा उनको बौद्धिकता झल्किन्छ । उनले यतिबेला सबै आमा बुबा , दाजुभाइ , दिदीबहिनी र साथीहरुसङ भोटको अपिल गरिरहेकी छिन ।                         

उनी आफैमा एक अब्बल प्रतिभा हुन । उनी मिस ग्रान्डमा विजेता बन्दै अन्य ठुला-ठुला प्लेटफर्म मा पनि आफ्नो प्रस्तुती दिन सक्ने आँट राख्छिन । क्षमताको हिसाबले उनी झापाकी छोरी मात्र नभएर नेपालकै सम्पत्ती हुन । सानैदेखि पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल रहेकी सिटौलाले पुर्वाञ्चल टाइटल स्टार, झापा मिस टाइटल, टाइटल मिसा डिसीप्लेन लगायत अन्य थुप्रै उपाधि हात पार्न सफल भएकी छिन। उनले लुङ्गा फिल्ममा प्रितम आचार्यले गाएको गीतमा अभिनय समेत गरेकी छिन।

उनले भोट माग्ने क्रमम भनेकी छिन , ‘ म हजुरहरुकै छोरी चेली यतिबेला मिस ग्रान्ड २०२२ को प्रतिस्पर्धामा भिडिरहेको छु , यहाँहरुको भोटले मेरो अगाडीको यात्रा तय हुनेछ । तसर्थ सबैले मेरो क्षमता हेरेर मलाई माया गर्नुहुने सबैले आफ्नो मोबाइलमा खल्ती एप डाउनलोड गरि कन्टेस्टेन्ट नमबर १६ मा धेरै भन्दा धेरै भोट गरिदिनु हुन अनुरोध गर्द्छु । ‘                                       

उनले धेरै भोट आउँने कुरामा आफू बिश्वस्थ रहेको बताएकी छिन । उनी कसैलाई हराउन यो प्रतिस्पर्धामा नआएको र अरु भन्दा केही फरक र आफ्नो बेस्ट दिएर उपाधी जित्न मिस ग्रान्डमा आएको बताउँछिन ।

सिटौलालाई असल नायिका बनेर देशलाई चिनाउने ठुलो सपना रहेको छ। उनलाई प्रतिस्पर्धीहरुले समेत बलियो उपाधि दाबेदारको रुपमा हेरेका छन । मिस ग्राण्ड २०२२ एउटा खुड्किला मात्र भएको र आफ्नो जिन्दगीको यात्रामा यस्ता थुप्रै प्रतिष्पर्धा गरेर देशको नाम चिनाउने उदेश्य बोकेर हिडेको बताउँछिन।

भोटिङ सङै यतिबेला ट्रेनिङ सेसन पनि चलिरहेको छ । भदौ महिनाको पहिलो हप्तामा नै फिनाले सम्पन्न गर्ने आयोजक टिमको तयारि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै