Comments Add Comment

Advertisment

SKIP THIS

चन्द्रागिरिको होटलको पार्किङमा राखेको स्कुटर र मोटरसाइकलमा आगलागी

५ साउन , काठमाडौ । चन्द्रागिरि नगरपालिका-४ चन्द्रागिरि चोकस्थित रोयल चन्द्रागिरि ईन होटेल अगाडि पार्किङ गरी राखेका सवारी साधनमा शुक्रबार राति आगलागी भएको छ ।

नेपाल प्रहरीका अनुसार बा।६१ प ४०९० नम्बरको स्कुटर, बा.प्र.०४२ प ३२०४ नम्बरको मोटरसाइकल र बा-५३ प ३८११ नम्बरको स्कुटरमा गएराति आगलागी हुँदा उक्त सवारी साधन पूर्णरूपमा जलेर क्षति भएको छ ।

साथै आगलागीबाट बा।प्र।०२-०२२ प २७४० नम्बरको मोटरसाइकल समेत आंशिक रूपमा जलेर क्षति भएको छ ।

उता झापाको दमक नगरपालिका-६ स्थित सोही नगरपालिका-७ बस्ने ४७ वर्षीय सञ्जय रौनियारको कपडाको गोदाममा विद्युत् सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा गोदाममा रहेको साडी र थान कपडा पूर्णरूपमा जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment