Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँको कपनबाट श्रोत नखुलेको ४९ लाख रुपैयाँ सहित एक जना पक्राउ

काठमाडौँ महानगरपालिका वडा नम्बर ६ भृकुटी चोकबाट (साउन,१८ ) गते श्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनको कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण वस्याल र ट्राफिक प्रहरी प्रभाग कपनको कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक नवराज सापकोटाको कमाण्डमा खटिएको संयुक्तप्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा गोपिकृष्ण फिल्म हल बाट भृकुटीचोकमा तर्फ आँउदै गरेको बा.९९ प ७२०४ नम्बरको एन एस पल्सर मोटरसाइकलका चालकलाई चेक जाँच गर्दा उक्त श्रोत नखुलेको रकम फेला परेको प्रहरीले बतायो ।

पक्राउ पर्ने व्यक्ति गोरखा जिल्ला चुमनुब्री गाउँपालिका वडा नं १ स्थाई घर भई हाल काठमाण्डौं महानगरपालिका वडा नं ६ तिनचुली बगलामार्ग बस्ने बर्ष २४ को धावा घ्याल्चेन रहेका छन ।                                                                                                                                                     

ट्राफिक प्रहरी प्रभाग कपनको कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक नवराज सापकोटाको कमाण्डमा खटिएको संयुक्तप्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा गोपिकृष्ण फिल्म हल बाट भृकुटिचोक तर्फ आउदै गरेको धावा घ्याल्चेनको मोटरसाइकल शंकास्पद लागेपछि कागजातहरु देखाउन आग्रह गर्दा प्रहरीहरूको आँखा छली भाग्न खोजेका थिए । तत्कालै प्रहरीले धावा घ्याल्चेनलाइ नियन्त्रणमा लिएर शरीर तलासी लिदा पछाडि पिठ्युमा बोकेको झोला भित्र नेपाली नगद ३२ लाख पचास रुपैयाँ फेलाफरेको थियो ।

धावा घ्याल्चेन विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरी घ्याल्चेन समेत साथमै लिई काठमाण्डौं महानगरपालिका वडा नं ६ तिनचुली बंगलामार्ग रहेको डेराकोठामा तलासी लिदा उनको कोठामा लुकाई छिपाई राखेको अवस्थामा थप १७ लाख पचास हजार फेला पारेको प्रहरीले बतायो ।

प्रहरीले धावा घ्याल्चेन बाट बरामद गरेको रकमसहित आवश्यक कारबाहीको लागि बौद्ध प्रहरी कार्यालयमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै