Comments Add Comment

Advertisment

SKIP THIS

बगरमा ‘पैसा’ रोप्दै किसान

२९ मंसिर काठमाडौ । मोरङ विराटनगरका मेघराज चौधरी ६ महिना मजदुरी गर्छन् । ६ महिना कमाएको पैसा उनी ‘बगर’मा रोप्छन् । अर्थात् ६ महिना कमाएको पैसाले उनी बगरमा खरबुजा खेती गर्छन् ।

यसरी खरबुजा खेती गरेको पाँच वर्ष भयो । त्यसका लागि उनी खोजको बगर खोज्दै झापासम्म आइपुग्छन् । झापाकै ठूलो माई नदीमा बर्खामा आउने बाढीले धेरै बगर क्षेत्र बनाइदिन्छ ।

त्यही बगरमा उनी खरबुजा रोप्छन् । यसरी झापामा आएर बगरमा खरबुजा खेती गर्न थालेको ६ वर्ष भयो । यसपटक उनले उनी गौरीगञ्ज-२ स्थित भाकुरमारमा माई नदीको बगरमा खरबुजा रोप्दैछन् ।

उनी मात्र हैन विराटनगरका पाँच जना युवाले समूह बनाएर बगर भाडामा लिएर खरबुजा रोपिरहेका छन् । माई नदीले अधिकांशको नम्बरी जग्गामालाई बगर बनाएको छ । त्यही बगर उनीहरूले भाडामा लिएर खेती गर्दै गर्दै आएका छन् ।

‘पहिला यहाँभन्दा माथि खेती गर्थ्यौँ । अहिले यता तल खेती गर्न आएका छौँ । मंसिरदेखि जेठसम्म ६ महिना त यहीँ बसेर खेती गर्छौँ,’ महेशलाल भन्छन्, ‘बगरको ६ महिनाका लागि आठ हजार भाडा तिरेका छौँ ।’

उनीहरू मंसिरदेखि जेठसम्म ६ महिना बगरमै टहरा बनाएर बस्छन् । नदीको किनारामा रहेको बालुवामा ‘पैसा’ रोपेर ‘सुन’ फलाउने कोसिस गर्छन् । अहिले उनीहरूलाई खरबुजा रोप्न भ्याइनभ्याइ छ । अहिले माई, मेची, बिरिङजस्ता ठूला नदीमा जाने हो भने खरबुजा खेती गर्ने बालुवामा मल लगाइरहेको भेटिन्छन् ।

खरबुजा खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनीहरू बताउँछन् । यद्यपि ६ महिना मजदुरी गरेर कमाएको पैसाले उनीहरूलाई खेती गर्न पुग्दैन । ऋण गरेर खेती गर्ने गरेको युवा राजु चौधरी बताउँछन् । ‘६ महिना मजदुर गरेर कमाएकोले त कहाँ पुग्छ र रु चार हजार बोट खर्बुजा रोप्न तीन लाख जस्तो लाग्छ ।

बाँकी ऋण गरेर रोप्छौँ,’ उनी भन्छन्, ‘जेठसम्ममा खरबुजा बेच्नका लागि तयार हुन्छ । तर, त्यो भन्दा अघि बाढी आयो भने त सबै बगाएर लैजान्छ ।’बगरमै भए पनि खेती गर्न सके राम्रो आम्दानी हुने बताउँछन्, कृषक सतिस कुमार । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै