२१ वैशाख , काठमाडौ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी कार्यालयमै तास खेल्ने गरेको पाइएको छ ।
नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर सार्वजनिक भएपछि यस्तो तथ्य बाहिरिएको हो । टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा नगर प्रहरीको पोसाकमै तास खेलिरहेको तस्वीर अहिले भाइरल बनेको छ ।
कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी नायव निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाँ छन् । उक्त तस्बिर बुधबार दिउँसोको भएको बताइएको छ ।
कार्यालयमा तास खेल्ने नगर प्रहरीलाई छानबिनको प्रक्रियामा ल्याइएको महानगरले जनाएको छ ।


