Comments Add Comment

Advertisment

SKIP THIS

तत्काल ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

२० साउन , काठमाडौं । तर, राष्ट्र बैंकले निक्षेपको ब्याजदर बढाउन सक्ने व्यवस्था गरेपनि बैंकहरुले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको हो ।
शुक्रबार भएको छलफलमा सबै बैंकका सीईओले राष्ट्र बैंकको निर्देशनअनुसार भदौको लागि ब्याजदर प्रकाशित गर्दा संस्थागत मुद्धती निक्षेपको ब्याजदर समायोजन गर्ने र अन्य ब्याजदरलाई निरन्तरता दिने सहमति भएको एक बैंकर्सले बताए ।

राष्ट्र बैंकले संस्थागत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदर व्यक्तिगत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदर भन्दा दुई प्रतिशतले कम हुनुपर्ने व्यवस्था गरेको थियो ।

यसअधि १ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्थामा राष्ट्र बैंकले संशोधन गरेपछि बैंकर्स संघले शुक्रबार बिहान पूर्णबैंठक बोलाएको थियो ।

बैंकदर र नीतिगत दर बढेपछि बेस रेटमा त्यतिकै दवाब पर्ने भएकोले निक्षेपमा थप ब्याजदर बढाएर कर्जाको ब्याजदर महँगो बनाउँदा पनि समस्या हुनसक्ने भन्दै भदौमा पनि अहिलेकै ब्याजदरलाई राष्ट्र बैंकको निर्देशनअनुसार समायोजन गरेर निरन्तरता दिने भएको छ ।

हाल व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका बैंकले संस्थागतमा १०.०३ प्रतिशत ब्याजदर दिँदै आएका थिए । तर, अब बैंकहरुले संस्थागत निक्षेपमा दिने अधिकतम ब्याजदर ९.०३ प्रतिशत कायम हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै