भक्तपुरको चाँगुनारायणमा बाघको आक्रमणबाट एक बालिका सख्त घाइते -
Comments Add Comment

भक्तपुरको चाँगुनारायणमा बाघको आक्रमणबाट एक बालिका सख्त घाइते

भक्तपुर । भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ बर्सिया चयन बस्नेतलाई बाघले आक्रमण गरेको हो ।

घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो ।

उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि टेकु अस्पताल पुर्‍याइएको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै