वीरगन्जबाट स्रोत नखुलेको १३ लाख रुपैयाँसहित प्रहरीले पटेललाई पक्राउ -
Comments Add Comment

वीरगन्जबाट स्रोत नखुलेको १३ लाख रुपैयाँसहित प्रहरीले पटेललाई पक्राउ

काठमाडौं । स्रोत नखुलेको रकमसहित पर्साको वीरगन्ज महानगरपालिका–१४, गण्डक चोकबाट एकजना पक्राउ परेका छन् । १३ लाख १५ हजार रुपैयाँसहित वीरगन्ज–२२, जगरनाथपुरका २८ वर्षीय रविकुमार पटेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो उनी प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकलमा वीरगन्जबाट परवानीपुरतर्फ जाँदै थिए । प्रहरी जाँचका क्रममा पटेल पक्राउ परेका हुन् ।

झोलाभित्र लुकाइएको उक्त रकमसहित उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै