Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी बलियो भयो भने राष्ट्र बलियो हुन्छ : जनताले पहिचान र अधिकार पाउछन : प्रचण्ड

९ मंसिर, काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र बलियो भयो भने मात्र राष्ट्र पनि बलियो हुने र जनताले पहिचान र अधिकार पनि पाउने बताएका छन्। साथै उनले माओवादी केन्द्र कमजोर भए पाएको अधिकार पनि गुम्ने पनि बताएका छन।

प्रचण्डले भने, ‘माओवादी केन्द्रलाई बलियो बनाउने जिम्मा माओवादीको मात्र नभई सम्पूर्ण जनताको हो ।’ अध्यक्ष प्रचण्डले भजनी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै जनताको कामलाई प्रभावकारी र गुणात्मक बनाउन आग्रह गरे।

उनले भने, ‘कामको प्रभावकारीता र गुणात्मकतामा ध्यान जाओस् । जनतामा सेवा प्रवाह गर्ने कुरामा तीब्रता आओस् । जनताले त्यो महसुश गरेपछि मात्रै नवनिर्मित भवनको उद्घाटनको औचित्य सिद्ध हुन सक्दछ ।’ अध्यक्ष प्रचण्डले् आफूलाई शिलान्यास र उद्घाटन दुबैको अवसर आफूलाई प्राप्त भएको भन्दै अब काम राम्रो भयो भने आफ्ना लागि सुन्तुष्टीको विषय हुने बताए।

एक अर्को प्रसंगमा उनले अहिले गठबन्धनसहितको नयाँ सरकार बनेर सरकारको पनि बलियो एकताको आधारमा अगाडि बढ्ने जमर्को गरेको उल्लेख गरे। उनले भने, ‘यसै क्रममा अहिले पाँच दलीय गठबन्धनको एउटा समन्वय समिति पनि बनेको छ । यसले गठबन्धनलाई अझै बलियो बनाएको छ ।’

उनले नेपाली जनताको एकता, राष्ट्रको एकता र स्वाधिनता सुदृढ नहुँदासम्म र जनता सम्पूर्ण रुपले शोषण उत्पीडनबाट मुक्त नभएसम्म आफूहरु लडिरहने बताए।उनले अबको लडाईं शान्तिपूर्ण प्रतिष्पर्धाकै रुपले संविधान संशोधन र परिमार्जन गर्दै अगाडि बढ्ने बताए। अब कुनै पनि प्रतिक्रियावादी जालझेल र षडयन्त्रलाई सफल हुन नदिने प्रतिवद्धता पनि उनले व्यक्त गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment