Comments Add Comment

Advertisment

SKIP THIS

सप्तकोशीमा ‘हाई-अलर्ट’ जारी

२१ साउन , काठमाडौं । सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च शतर्कता अर्थात् ‘हाई-अलर्ट’ अपनाएको छ ।

पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा शतर्कता बढाएको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत-साधन तयारी अवस्थामा राखिएको छ । प्रजिअ यादवले नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै ‘हाई-अलर्ट’मा सबै संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै