२२ साउन , काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाब अत्यधिक बढ्ने अनुमान गरिएको छ ।
पहाडी जिल्लामा भारी वर्षा भएकाले कोसीमा पानीको बहाब अस्वभाविक रुपमा बढ्ने अनुमान गरिएको हो । कोसी ब्यारेजसहित तटिय क्षेत्रमा उच्च सतर्कता अपनाइएको सप्तरीका एसपी अभिनारायण काफ्लेले बताए ।
कोसी ब्यारेज भएर ५ लाख क्युसेक भन्दा बढी प्रति सेकेन्डका दरले बहाब हुन सक्ने अनुमान गरिएको जानकारी आफूहरूलाई आएको प्रहरी उपरीक्षक काफ्लेले बताए । सुनसरी र उदयपुरमा पनि उच्च सर्तकता अपनाइएको छ ।
५ लाख क्युसेक भन्दा बढी बहाब भए कोसी ब्यारेजको संरचनासहित तटबन्धमा समेत क्षति पुग्ने खतरा छ । यस्तै धेरै स्थानमा पानी ओभरफ्लो भई बाहिरिन सक्ने खतरा पनि छ ।
यसै साता कोसीको बहाब २ लाख ४३ हजार क्युसेक सम्म पुगेको थियो । ब्यारेजको संरचना पुरानो भएकाले पनि पानीको दवाव थेग्न नसक्ने विज्ञले बताएका छन् ।





