Comments Add Comment

Advertisment

SKIP THIS

आत्महत्या न्यूनीकरण र रोकथाम कार्ययोजनाअन्तर्गत प्रहरीका केही योजना

२२ साउन , काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आत्महत्या न्यूनीकरण तथा रोकथाम कार्ययोजनाअन्तर्गत केही योजना अघि सारेको छ । यसका लागि डीएसपीको कमाण्डमा फोकल पर्सन र रेस्क्यू टोली परिचालन गरिने प्रहरीको भनाइ छ । परिसर मातहत वृत्त, प्रभागहरूमा भने यो युनिटमा इन्सपेक्टरको कमाण्ड रहनेछ ।

कतैबाट यस्तो घटनाबारे सूचना आए तत्काल उद्धार गर्ने, उपचार गर्ने र परामर्शसमेत गर्नेछ ।

फोकल पर्सनहरुलाई प्रहरी अस्पतालका विशेषज्ञहरुद्वारा आत्महत्या न्यूनीकरण तथा रोकथाम एवं मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण दिइने बताइएको छ ।

उनीहरूले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आत्महत्या निरुत्साहित गर्न महिला, अभिभावक तथा युवा समुदायलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रहरीले बताएको छ ।

आत्महत्यामा संलग्न हुन खोज्ने जो कोहीलाई पनि मानव जीवनको सार्थकता बारेमा जानकारी दिने, सहानुभूति दिने, हौसला दिने र सम्मानपूर्वक व्यवहार गर्नुका साथै सामाजिक सम्मान र व्यवहार समेत गर्न आग्रह गरी यस्ता खालका घट्ना हुन गर्न नदिन घरदैलो कार्यक्रमसमेच चलाइनेछ ।

एक्लिएर बस्नु पर्ने अवस्था भोगेका, सामाजिक तनाव र आर्थिक कठिनाइहरूसँग जुधिरहेका पुरूष, महिला तथा बालबालिका पहिचान गरी मनोसामाजिक परामर्श उपलब्ध गराउने कार्यमा विभिन्न संस्थासँग सहकार्य गर्ने प्रहरीको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै