Comments Add Comment

Advertisment

SKIP THIS

गायिका राधिकाको तीज गीत ‘हेरिस्यो न’ सार्वजनिक

२३ साउन , काठमाडौं । लोकप्रिय गायिका राधिका हमाल पुनको तीज गीत ‘हेरिस्यो न’ सार्वजनिक भएको छ । गीतमा उनकै शब्द तथा संगीत छ ।

गीत गायनमा भने हमाललाई माण्डबी त्रिपाठी, जुनु रिजाल, रामचन्द्र काफ्ले, देवी घर्ती र राजु ढकालको स्वरमा साथ दिएका छन् । गीतको भिडियो पनि बनेको छ जसका निर्देशन स्मृति तिमिल्सिना गुरुयामाले गरेकी छन् ।

भिडियोमा सफल पुन, राधिका हमाल पुन, कृष्णबहादुर पुन, मण्डबी त्रिपाठी, विपिन आचार्य, जुनु रिजाल, रामचन्द्र काफ्ले, देवी घर्ती, राजु ढकाल, पूर्णकला बिसी, धन केपी, लक्ष्मी मल्ल, श्रीकृष्ण बम मल्ल, कुन्ती मोक्तान, शिला बहादुर मोक्तान लगायतका कलाकारको अभिनय छ । सुरेश श्रेष्ठले छायाङ्कन गरेको भिडियोको सम्पादन प्रकाश धमलाले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै