Comments Add Comment

Advertisment

SKIP THIS

मालीमा भएको आतङ्ककारी हमलामा परी चार जना सैनिक मारिए

२३ साउन , काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीमा भएको आतङ्ककारी हमलामा परी चार जना सैनिकको ज्यान गएको छ ।

त्यहाँका चार जना सैनिक मारिएका मालीको सेनाले प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो ।

साथै सो हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन् । सैनिकहरुको गस्तीमा मालीमा रहेको आतङ्ककारी समूहले बम हमला गरेको थियो ।

सो हमलापछि गस्तीमा रहेको मालीको सेनाले पनि प्रत्याक्रमण गरेको थियो । मालीको सेनाको कारवाहीमा पाँच जना आतङ्ककारी लडाकु पनि पनि मारिएका छन् ।

मालीको सैनिकले प्रकाशन गरेको विज्ञप्तिमा सो समूहले मालीको सैनिक गस्तीमा हमला गरेको र त्यसपछि मालीको सैनिकले पनि जवाफी फायर गरेको तथा त्यसमा परी आतंककारी समूहका पाँच जना सदस्य मारिएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै