२४ साउन , काठमाडौं । मोबाइल फोन व्यक्तिगतसँगै व्यावसायिक प्रयोजनका लागि पनि प्रयोग गरिरहन्छ । फोन प्रयोग गरिरहँदा आफूलाई त्यहाँ गरिएका सम्पूर्ण कुरा व्यक्तिगत भएको आभास लाग्ला ।
वा, सामान्य अर्थमा भन्दा हामीलाई हाम्रो फोनमा के के भइरहेको छ भन्ने कुरा हामीबाहेक अरू कसैलाई थाहा हुँदैन भन्ने भ्रम हुन्छ । हामीले यहाँ फोन कसरी ट्र्याक हुन्छ र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका छौं ।
फोन कसले ट्र्याक गरिरहेको हुन्छ होला ?
लोकेसनको एक्सेस पाउन फोन उसैसँग भएको हुनुपर्छ । त्यस्तै मोबाइल धनीले अर्को व्यक्तिले ट्र्याकिङ अन गर्यो भन्ने नोटिफिकेसन पनि पाउँदैन, जसले गर्दा लोकेसन ट्र्याकिङको जोखिम बढ्दो छ ।
त्यस्तै यदि तपाईंले काम गर्ने ठाउँबाट तपाईंको डिभाइस ट्रयाक भइरहेको हुन्छ । यदि तपाईंलाई तपाईंले काम गर्ने कम्पनीले फोन दिएको छ वा कर्पोरेट नेटवर्कमा फोन कनेक्ट छ भने त्यसमा कम्पनीले फोन ट्र्याक गर्नेगर्छ ।
त्यसबाहेक तपाईंका कति एप र फोन सेवामा पहिले नै ट्र्याकिङ सिस्टम छ भन्ने भन्ने कुरा हेर्न सकिँदैन । कतिपय अवस्थामा यस्ता फिचरले तपाईं कुन लोकेसनमा हुनुहुन्छ भन्ने कुरा देख्न सक्नुहुन्छ ।
तर, यो फिचरले एप खोलेको समयबाहेक अन्य अवस्थामा पनि ब्याकग्राउण्डमा काम गरिरहेको हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । मोबाइल सेवा प्रदायक वा इन्टरनेट सेवा प्रदायक पनि फोन ट्र्याकिङ कार्यमा संलग्न हुन सक्छन् । किनभने हरेक फोनले सेल टावरमा ‘पर्सनल आईडेन्टिफायर’ पठाउनुपर्ने हुन्छ ।
‘पर्सनल आईडेन्टिफायर’ भनेको व्यक्तिगत रूपमा पहिचानयोग्य जानकारीको एक समूह हो, जसले व्यक्तिलाई पहिचान गरेको हुन्छ ।
फोन ट्र्याक हुनबाट कसरी रोक्ने ?
फोन ट्र्याक हुनबाट रोक्नु भनेको फोन आफ्नो नियन्त्रणमा ल्याउनु हो । त्यसका लागि तलका विभिन्न उपाय अपनाउन सक्नुहुन्छ । (फोन एरोप्लेन मोडमा राख्नुहोस् र जीपीएस लोकेसन अफ गर्नुहोस्
फोन ट्र्याक हुनबाट रोक्न सबैभन्दा बढी भूमिका फोनमा भएको एरोप्लेन मोडले खेलेको हुन्छ । एरोप्लेन मोड अन गर्दा सेलुलर तथा वाई(फाई कनेक्सन आउनबाट रोकिन्छ ।
एरोप्लेन मोड अफ गरिसकेपछि अब तपाईंले जीपीएस लोकेसन अफ छ वा छैन भन्ने हेर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा एरोप्लेन मोडले लोकेसन नै अफ गरेको हुन्छ । यदि जीपीएस अन छ भने अफ गर्नुहोस् ।
अपरेटिङ सिस्टमको सेटिङमा संलग्न हुनुहोस्
एपमा आधारित ट्र्याकिङका बारेमा चिन्तित व्यक्ति अपरेटिङ सिस्टमको सेटिङमा सतर्क हुनुपर्छ । आईओएसका हालसालैको संस्करणमा सबै एपमा ट्र्याकिङ डिसेबल गर्ने सुविधा छ ।
त्यस्तै सिंगल एपका लागि पनि लोकेसन डिसेबल गर्न सकिन्छ ।
गुगलले पछिल्लो समय एन्ड्रोइडका लागि उही किसिमको फिचर भएको ‘प्राइभेसी स्याण्डबक्स’ ल्याउने घोषणा गरेको छ, जसबाट थर्ड पार्टीमा सीमित व्यक्तिगत डेटा मात्र ट्रान्सफर हुन्छन् ।





