९ भदौ , काठमाडौँ । बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा सञ्चालित प्रहरी जवान आधारभूत तालिम ६-२०२ औं समूहको आज मिति २०७९ भाद्र ०९ गते बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा प्रमुख अतिथि प्रहरी नायव महानिरिक्षकले उत्कृष्ट प्रशिक्षार्थी प्रहरी जवानहरुलाई पुरस्कार वितरण तथा तालिम प्रशिक्षणको क्रममा महत्वपुर्ण योगदान पुर्याउने प्रशिक्षकहरुलाई समेत पुरस्कार वितरण गर्नुभई निर्देशनको क्रममा नेपाल प्रहरी संगठनको महत्वपूर्ण जिम्मेवारी निर्वाहको लागी लगनशिल, कर्मठ र योग्य प्रहरी कर्मचारीको रुपमा प्रहरीले पालना गर्नु पर्ने जुनसुकै चुनौती एवंम् जिम्मेवारीका साथ दिक्षित भईजाने प्रशिक्षार्थी प्रहरी जवानहरुलाई यस गरिमामय संगठनमा स्वागत गर्नुभई आगामी कार्य सफलताको शुभकामना एवंम् हार्दिक बधाई वयक्त दिनुभई प्रशिक्षणको क्रममा सिकेका ज्ञान,कौशल,सिप,कलालाई अनुशासित एवंम् व्यवसायिक आचरण भित्र रहेर तोकिएको जिम्मेवारी पुरा गरी कार्यक्षेत्रमा कार्यसम्पादन पुरा गर्ने क्रममा आफूलाई संयमित राख्दै पारदर्शी र निष्पक्ष कार्यशैलीकासाथ व्यावसायिक धर्म निर्वाह गर्नु पर्ने बताउनुभयो ।

समारोहमा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरिक्षक मोहन प्रसाद पोखरेलले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमुख अतिथीलाई स्वागत मन्तब्य तथा धन्यवाद ज्ञापन गर्नुभई दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानहरुले तालिममा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने तथा प्रहरी संगठनको मान प्रतिष्ठा उच्च वनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी तालिम केन्द्रका सह-समादेशक तथा तालिमका संयोजक प्रहरी नायव उपरीक्षक नारायण रंजितकारले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्दै, प्रशिक्षण कार्यक्रमको दौरानमा प्रशिक्षार्थीहरुले प्रदर्शन गरेको उच्च कोटिको अनुशासन, अदम्य साहस, सामुहिक भावनाको विकाश, लगनशिलता, सकरात्मक सोच, अभिरुची एवं धैर्यताकासाथ तालिम सम्पन्न गरी आज दीक्षित भई जाने सम्पूर्ण प्रहरी प्रशिक्षार्थी जवानहरुलाई बधाई दिंदै राष्ट्र र नागरिक सेवालाई जीवनको लक्ष्य ठानी बफादार र सच्चा प्रहरीको रुपमा आफूलाई चिनाउन प्रहरी जवानहरु सफल हुन शुभकामना दिदै उहाँहरुको व्यवसायिक, पारिवारिक तथा व्यक्तिगत जीवनको सफलताको शुभकामना समेत दिनु भयो ।

तालिममा सर्वप्रथम, अध्ययन प्रथम प्रशीक्षार्थी प्रहरी जवान शोभाकान्त पासवान, सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी जवान किरण गुरुङ, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी जवान चित्र कुमार रोका, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी जवान यम कुमार माझि, शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्रहरी जवान रामजित राई, चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी जवान राकेश राई र प्रहरी युक्ति तथा कारबाही प्रथम हुने प्रशिक्षार्थी प्रहरी जवान अनिश राई रहेका छन् ।




