Comments Add Comment

Advertisment

SKIP THIS

काँग्रेसका सभापति देउवा र कोइरालाबीच भेटवार्ता

११ चैत , काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा कोइरालाले साथीहरूले समानान्तर कमिटी बनाउन दबाब दिइरहेको देउवालाई जानकारी गराएका थिए । देउवाले भने आफू सवैलाई मिलाएर अघि बढ्ने बताएको कोइरालाका सहयोगी दिनेश थपलियाले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका अध्यक्ष नियुक्तिप्रति कोइराला असन्तुष्टि जनाउँदै आएका छन् । देउवाले आफूहरूसँग छलफल नै नगरी एकलौटी ढंगबाट अध्यक्षहरू नियुक्त गरेको उनको आरोप छ । असन्तुष्ट कोइराला पक्षले छुट्टै भेलाको पनि तयारी गरेका छन् ।

उनीहरूबीच पार्टीको केन्द्रीय कमिटी बैठक बस्नुअघि भेटवार्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment