Comments Add Comment

Advertisment

SKIP THIS

रोजगारीको प्रलोभन देखाएर भारत लगी बेचेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ

काठमाडौं: रोजगारीको प्रलोभन देखाएर भारत लगी बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

बाँके बैजनाथ गाउँपालिका वडा-८ की ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ल पक्राउ परेकी हुन्।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बाँकेजिल्ला प्रहरीको समन्वयनमा बिहीबार नेपालगन्जबाट पक्राउ गरेको हो।

सुर्खेत, दैलेख लगायतका पहाडी जिल्लाहरूका महिलाहरूलाई रोजगारीको लोभमा भारतको दिल्ली पुर्‍याएर यौन गतिविधि हुने केन्द्रमा बेच्ने गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको ब्युरोका प्रहरीले जनाएको छ।

उनलाई काठमाडौं जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

ब्युरोको टोलीले गरेको अनुसन्धानमा उनले एक नाबालिकासहित २ जना युवतीलाई बेचेको खुल्न आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै