Comments Add Comment

Advertisment

SKIP THIS

मलेसियामा एकै दिन छ जना संक्रमितको मृत्यु

२४ साउन , काठमाडौं । मलेसियामा पछिल्लो समयमा कोभिडका संक्रमितहरु घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको संक्रमण देखिएको छ ।

मलेसियाका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले पछिल्लो सयममा यहाँ कोभिडका संक्रमितहरु बढ्दै गएको र अहिलेसम्म देशका ४७ लाखभन्दा बढीमा सो संक्रमण फैलिएको छ ।

यहाँ गएको २४ घन्टा मान्यता छ जना संक्रमितको कोभिडकै कारण ज्यान गएको छ । यो समेत गरी मलेसियामा कोभिडको संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ३६ हजार ३२ जना पुगेको बताइएको छ ।

देशभर अहिले पनि ४३ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । गम्भीर बिरामी भएका केहीको सघन उपचारकक्षमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै