Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकी सांसद जेनिफरद्वारा मिस नेपाल प्रियंकालाई सम्मान

२४ साउन , काठमाडौं । अमेरिकी सांसद जेनिफर राजकुमारले मिस नेपाल प्रियंकारानी जोशीलाई न्युयोर्कमा सम्मान गरेकी छन् ।

नेपाली समाजको रोल मोडल बनेको र बिजुली नपुगेको नेपाली गाउँमा सोलार परियोजना स्थापना गर्ने कार्य थालनी गरेको भन्दै सांसद राजकुमारले सम्मान प्रदान गरेकी हुन् ।

न्युयोर्क एसेम्बलीअन्तर्गतको डिस्ट्रिक्ट ३८ की सदस्य समेत रहेकी जेनिफरले सम्मानपत्रमा प्रियंकाले व्यावसयिक, सामाजिक र मानवीय कार्यमा योगदान पुर्‍याउन भूमिका खेलेको समेत बताएकी छन् । महिलाका लागि आदर्श व्यक्ति बनेको भन्दै जेनिफरले प्रियंकाको बाह्य सौन्दर्यलाई आन्तरिक सौन्दर्यले जितेको भन्दै प्रशंसा समेत व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै