Comments Add Comment

पछिल्लो २४ घण्टामा भारतमा १३ हजार भन्दा कम सङ्क्रमित फेला

२४ साउन , काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा १३ हजार भन्दा कम कोरोना भाइरसका सङ्क्रमित फेला परेका छन् । सरकारी अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १२ हजार ७५१ नयाँ सङ्क्रमित फेला परेका हुन् ।

यसअघि हिजो प्रकाशित तथ्याङ्कअनुसार आइतबार भारतमा १६ हजार १६७ व्यक्ति सङ्क्रमित भएका थिए । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४१ लाख ७४ हजार ६५० सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ३१ हजार ८०७ रहेको छ ।

त्यहाँ कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार सात सय ७२ व्यक्तिको मृत्यु भइसकेको छ । यहाँ कूल चार करोड ३५ लाख भन्दा बढी कोरोनामुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म २ अर्ब ६ करोड ५७ लाख भन्दा बढी मात्रा खोप लगाइएको छ ।

भारतमा कोरोना सुरु भएबाट हालसमम ८७ करोड ८० लाख भन्दा बढी व्यक्तिको कारोना भाइरस परीक्षण भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै