Comments Add Comment

Advertisment

SKIP THIS

विभिन्न स्थानमा चार जना मृत फेला

२५ साउन , काठमाडौं । काठमाडौं, ललितपुर, रोल्पा र डडेलधुरामा चार जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित मकैबारीमा सोही नगरपालिका–७ रामकोट बस्ने ४० वर्षीय नवराज गिरी मंगलबार मृत अवस्थामा फेला परेका छन् । गत शुक्रबारदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

ललितपुरको ललितपुर महानगरपालिका–१४ ताल्चीखेल बस्ने भोजपुर घर भएका ७० वर्षीय हरि बहादुर श्रेष्ठ सोही स्थानको सडक छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

रोल्पाको रोल्पा नगरपालिका–१ मेवाङ डेरा गरी बस्ने त्रिवेणी गाउँपालिका–१ टुक्लाकरेटी घर भएका ४७ वर्षीय बल बहादुर डाँगी आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

डडेलधुराको अमरगढी नगरपालिका–२ कुश्मालीस्थित घटाल खोलामा सोही नगरपालिका–५ बस्ने १८ वर्षीय किरण पाठक मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

चार जिल्लामा चार जना मृत फेला

Advertisment

छुटाउनुभयो कि? सबै

चार जिल्लामा चार जना मृत फेला