Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरको नख्खु कारागारभित्र कैदी बन्दीहरूबीच झडप

२५ साउन , काठमाडौं । ललितपुरको नख्खु कारागारभित्र कारागार नाइकेले मनोमानी गरेको भन्दै कैदी बन्दीहरूले नाराबाजी र प्रदर्शन गरेका छन् ।

स्रोतका अनुसार कैदी बन्दीहरूले नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महंगोमा सामान बिक्री गर्ने गरेको भन्दै नाइकेविरुद्ध आन्दोलित बनेका हुन् । बुधबार बिहानैदेखि उनीहरूले नाराबाजी र प्रदर्शन गरेका हुन् ।

४ सयभन्दा धेरै संख्यामा रहेका बन्दीहरूले नाइके फेर्नुपर्ने लगायत माग गर्दै प्रदर्शन गरेका हुन् । यस क्रममा दुई समूहबीच झडप समेत भएको थियो । कारागार प्रमुख सुवास लामिछानेले भने सीमित व्यक्तिविरुद्ध अर्को समूहले नाराबाजी गरेको बताए ।

विरोधको क्रममा कारागारभित्र कुटपिट पनि भएको हुनसक्ने उनले बताए । तर यसबारे छानबिन हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै