Comments Add Comment

Advertisment

SKIP THIS

धनगढीमा घरअगाडि पार्किङ गरिराखेको ट्याक्टरमा आगजनी

२५ साउन , काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–६, जालीमा घरअगाडि पार्किङ गरिराखेको एउटा ट्याक्टरमा अज्ञात समूहले आगजनी गरेको छ । मंगलबार राति स्थानीय करण चौधरीको घरअगाडि पार्किङ गरिराखेको ट्याक्टरमा आगजनी गरिएको हो ।

आगजनीबाट नयाँ ‘अनटेस्ट’ लेखिएको ट्याक्टरको बाहिरी भाग जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रशाद जोशीले जानकारी दिए ।

निर्माण व्यवसायी समेत रहेका चौधरीको ट्याक्टरमा आगजनी गरिएको हो । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै