Comments Add Comment

Advertisment

SKIP THIS

हनी ट्र्यापको आरोपमा दाङमा दुई महिला र एक पुरुष पक्राउ

२५ मंसिर , काठमाडौ । हनी ट्र्यापको आरोपमा दाङमा दुई महिला र एक पुरुष पक्राउ परेका छन् ।

बार्गेनिङ गरी रकम माग गरेको आरोपमा गढवा गाउँपालिका ६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका ६ दशरथ टोलमा बस्ने ३५ वर्षीया अनुष्का सिंह भन्ने कृष्णा गहतराज पक्राउ परेका छन् ।

त्यस्तै तुलसीपुर १८ ग्वारखोलाकी ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका १० नारायणपुरका २६ वर्षीय जनक भनिने रुद्रबहादुर केसीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूले एक पुरुषसँग बार्गेनिङ गरी ठूलो रकम लिन खोजिरहेको अवस्थामा मंसिर १६ गते पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए । प्रहरीले उनीहरूलाई आइतबार सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment