Comments Add Comment

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा थप ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

२७ साउन , काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार २ सय ९० पिसिआर परीक्षणका क्रममा ४ सय १९ जना र २ हजार ४ सय २२ एन्टीजेन परीक्षणका क्रममा ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै थप ५ सय ११ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७४ हजार ८ सय ६ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ७ सय ७५ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै