Comments Add Comment

Advertisment

SKIP THIS

बुढीगंगा गाउँपालिकामा कार दुर्घटना : एक महिलाको मृत्यु

३१ भदौ , काठमाडौ । कार दुर्घटना हुदाँ बिहीबार एक महिलाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–१ घर भएकी ३० वर्षीया चन्द्रकला राईको मोरङको बुढीगंगा गाउँपालिकामा दुर्घटनामा परेर मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार बा११च १५७१ नम्बरको कार आफै अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा कार चालक बेलबारी९१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल सामान्य घाइते भएका छन् । घाइते सबैको विराट मेडिकलमै उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

मृतक चन्द्रकला र घाइते सानी मुटुका विरामी हुन् । उनीहरू उपचारका लागि आएका थिए । दुर्घटनामा परेर कार पूर्णरूपमा क्षतिग्रस्त बनेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment