Comments Add Comment

Advertisment

SKIP THIS

जाजरकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु

२२ पुष , काठमाडौ । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा बादे भीरबाट लडेर २३ वर्षीया पवित्रा रावतको ज्यान गएको स्थानीयले जानकारी दिएका छन् ।

स्थानीय सत्यनारायण बस्नेतका अनुसार घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते भएकी रावतको घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

रावत दम्पती घाँस काट्न जंगल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment