Comments Add Comment

Advertisment

SKIP THIS

होसियार तीव्र गतिमा सवारी चलाउदा लेजर स्पिड गनको फन्दामा परिएला : बिदाको दिन २०० सय सवारीसाधन ट्राफिक कारबाहीमा

उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा चलाउने सवारी चालकमाथि कारबाहीलाई तीव्रता दिएको छ । ट्राफिक प्रहरीले ओभर स्पिड डिटेक्सन (लेजर स्पिड गन) ले तीव्र गतिमा चलाउने सवारी साधनलाई कारबाही गर्न थालेको हो ।                             

उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउनुका साथै तीव्र गति बाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न कोटेश्वर,भक्तपुर र रिङ्गरोडको सडकखण्डमा सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीले ‘ लेजर स्पिड गन’ प्रयोगमा ल्याएपछि धेरै सवारीसाधन कारबाहीमा पर्ने थालेका छन् ।

‘ लेजर स्पिड गन’ ले करिब एक किलोमिटर टाढाबाट नै तीव्र गतिमा आउने सवारी साधनलाई यसले पहिचान गर्छ र यसको जानकारी ट्राफिक प्रहरीलाई दिन्छ । गनले तीव्र गतिमा चल्ने सवारी साधनको नम्बर प्लेटसहितको फोटो खिचेर यसको गतिसहितको विवरण स्टोरेज गरेको हुन्छ । जसलाई तुरुन्तै प्रिन्ट समेत गरेर प्रमाणको लागि सवारी धनीले लैजान सक्ने व्यवस्था रहेको छ ।             

सडक विभागको मापदण्ड अनुसार काठमाडौं उपत्यकाको मेन सडकमा अधिकतम ५० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन चलाउन पाइन्छ । त्यो भन्दा बढी गतिमा चल्ने सवारी साधनलाई उपत्यका ट्राफिक प्रहरीले कारबाही अभियान नै चलाएको छ । सडक दुर्घटनामध्ये सबैभन्दा बढी तीव्र गतिको कारण हुने भएकोले तीव्र गति नियन्त्रण गर्न ट्राफिक प्रहरीले यो अभियान चलाएको उपत्यकाकी ट्राफिक कार्यालय प्रमुख डिआईजी मिरा चौधरीले जानकारी दिइन ।

आज मात्रै ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न स्थानमा तीव्र गतिमा चलाउने लगभग दुई सय सवारीसाधनलाई उक्त प्रविधि बाट कारबाही गरेको छ । ट्राफिक प्रहरीले विषेश गरि कोटेश्वर-भक्तपुर सडकमा लेजर स्पिड गन मार्फत चेकजाँच गरेर ओभर स्पिटमा रहेका धेरै सवारीसाधनलाई कारबाही गरेको छ ।

कोटेश्वर-भक्तपुर सडकखण्डमा सवारी चालकको लापरबाहीले दुर्घटना हुने गरेकोले ट्राफिक प्रहरीले ‘ लेजर स्पिड गन’मार्फत सवारीसाधनको गति मापन गर्ने डिआईजी मिरा चौधरीले बताइन् । ‘लेजर स्पिड गन’ मार्फत सवारी साधनको गति मापन गर्ने र निर्धारित भन्दा तीव्र गतिमा कुदेका सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै