Comments Add Comment

Advertisment

SKIP THIS

घट्दै फेसबुक प्रयोग गर्ने युवा पुस्ता

२८ साउन काठमाडौ । ‘जेनरेशन जेड’ अर्थात सानै उमेरमा इन्टरनेटको पहुँचमा रहेका पछिल्लो पुस्ता बढ्ने क्रम जारी छ । तर, यही पुस्तामा फेसबुक प्रयोग गर्नेको संख्या भने ठूलोमात्रामा घटिरहेको अध्ययनले देखाएको छ । ‘प्यु रिसर्च सेन्टर’ ले भर्खरैमात्र जारी गरेको अध्ययन प्रतिवेदन अनुसार १३ देखी १७ वर्ष उमेरका किशोर किशोरीमा ३२ प्रतिशतले मात्रै फेसबुक प्रयोग गर्ने गरेको पाइएको छ ।

यसअघि सन् २०१४—१०१५ मा भएको अध्ययनले ७१ प्रतिशत युवा पुस्ता फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याटमा जोडिएको देखाएको थियो । तर, पछिल्लो अध्ययनले भने सामाजिक सञ्जालबाट पछिल्लो पुस्ता टाढा भइरहेको देखाएको छ ।

‘युवा पुस्ताले फेसबुकमा कुनै भ्यालु देखिरहेका छैनन्,’ जेन जेडसँग सम्बन्धित कन्टेन्ट क्रियटर जुल्स टेरपाक भन्छन्,’ यो पुस्ता पारिवारिक सम्बन्ध भन्दा पनि आफ्नो रुचिमा बढी केन्द्रित छन् । यस्तोमा उनीहरूले फेसबुकमा कुनै भ्यालु–एड नै पाउँदैनन् ।’

उनी भन्छन्, ‘यो पुस्ताको ३२ प्रतिशत जो फेसबुकमा जोडिएका छन् उनीहरु पनि परिवारसँग बढी घुलमिल भएकाले त्यसको प्रभावले फेसबुकमा जोडिएको हुनुपर्छ ।’ प्युको अध्ययन प्रतिवेदनले मात्रै फेसबुकको यो अवस्था सार्वजनिक गरेको हैन ।

यसअघि सन् २०२१ म बाहिरिएको फेसबुकको आन्तरिक प्रतिवेदनले पनि सन् २०१९ को तुलनमा फेसबुकका युवा प्रयोगकर्ता १३ प्रतिशतले घटेको देखाएको थियो ।

साथै उक्त प्रतिवेदनले सन् २०२३ सम्म युवा प्रयोगकर्ता ४५ प्रतिशतले घट्ने आँकलन समेत गरेको थियो । यसरी फेसबुकमा युवा पुस्ता गुमाइरहेको मेटालाई लागि इन्स्टाग्रामले भने केही राहत दिएको छ ।

प्युको प्रतिवेदनले ६२ प्रतिशत युवापुस्ताले इन्स्टाग्राम प्रयोग गर्ने गरेको देखाएको छ । भने, ६७ प्रतिशतले टिकटक प्रयोग गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment