Comments Add Comment

Advertisment

SKIP THIS

ओली र लिङ्देनबीच चुनावी तालमेलबारे छलफल

२८ साउन काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच चुनावी तालमेलबारे छलफल भएको छ । शुक्रबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो । सो क्रममा उनीहरुबीच आगामी चुनावमा तालमेल गरेर जानेबारे छलफल भएको बताइएको छ ।

लिङ्देन निकट स्रोतका अनुसार शुक्रबार साँझ बालकोटमा ओली र लिङ्देनबीच करिब एक घण्टा छलफल भएको थियो । उनीहरुबीच मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जानेलगायत विषयमा कुराकानी भएको थियो ।

स्रोतका अनुसार चुनावमा सहकार्य गरेर जानेबारे छलफल भएपनि निर्णयमा पुगिसकेको छैनन् । ओली र लिङ्देनबीच चुनावी तालमेलबारे यो पहिलो छलफल हो । पुनः छलफल गरेर निर्णय गर्ने स्रोतको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा लिङ्देन झापा ३ बाट चुनाव लड्दैछन । २०७४ मा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित वामगठबन्धनले लिङ्देनलाई समर्थन गर्दा लिङ्देन विजयी भएका थिए ।

उनले नेपाली कांग्रेस नेता कृष्ण सिटौलालाई हराएका थिए । यसपटक पनि झापा ३ मा सिटौला र लिङ्देनबिच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै